काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने सरकारले निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावअनुसार चिनियाँ कम्पनीलाई आयोजना नदिने निर्णय गरेको हो। चिनियाँ कम्पनीसँग वार्ता गरेर परियोजना बढाउने यसअघिको सरकारले गरेको निर्णयलाई...