नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मंगलबार दिनभर नवलपुरको बुलिङटार गाउँपालिका बासिन्दाको गुनासो सुन्न व्यस्त रहे। कालीगण्डकीको किनारमा रहे पनि विकासमा निकै पछि परेको बुलिङटारमा कतिपय गाउँमा अहिले पनि बिजुली पुगेको छैन। खानेपानी र सिँचाइको पनि उस्तै समस्या...