काठमाडौं । काठमाडौंको धोबीखोला कोरिडोर सेतोपुल (रातोपुल जाने बाटो)मा एक नवजात शिशु मृत अवस्थामा फेला परेका छन्। फोहोरको डङ्गुरमा नवजात शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले अहिले यसबारे अनुसन्धान गरिरहेको छ।