काठमाडौं । राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका अर्का एक सहयोगी पक्राउ परेका छन् । तीनकुनेमा शुक्रबार भएको आन्दोलनका कमाण्डर प्रसाईंका सहयोगी देवी संग्रौलालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भैंसेपाटीबाट पक्राउ गरेको जनाएको...