काठमाडौं। आर्थिक संकटबाट गुज्रिरहेको मुलुक श्रीलंकामा नयाँ प्रधानमन्त्रीले शपथ लिएका छन्। दिनेश गुणवर्देनाले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रनिल विक्रमासिंघेले ६३ वर्षीय गुणवर्देनालाई नियुक्त गरेका हुन्। गुणवर्देनाले यसअघि विदेश मन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। ...