काठमाडौं। प्रधानमन्त्री कप एकदिवसिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमविरुद्ध फराकिलो अन्तरको जित निकालेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार आर्मीले सुदूरपश्चिमलाई १६९ रनले पराजित गरेको हो । २८३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभर ४ बलमै अलआउट भयो...