दक्षिण अफ्रिकी शहर जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा भएको गोली हानाहानमा कम्तीमा १४ जनाको मृत्यु भएको छ। शनिबार-आइतबारको मध्यरातमा घटना भएको र बिहान प्रहरीलाई खबर आएको प्रहरीले जनाएको छ। प्रहरी त्यहाँ पुग्दा १२ जनाको मृत्यु भइसकेको थियो।...