काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा चीनले हाइटीलाई पराजित गरेको छ। हिन्डमार्श स्टेडियममा शुक्रबार भएको खेलमा चीनले हाइटीलाई १-० गोलअन्तरमा पराजित गरेको हो। चीनको लागि शुवाङ वाङले गोल गरिन्। शुवाङले खेलको ७४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।...