पोखरा। नेपाली रक्सीमा सम्भावनाको खोजी गर्न गण्डकी विश्वविद्यालयले अनुसन्धान थालेको छ। विश्वविद्यालयले कोदोको रक्सीको ब्राण्डिङ शुरु गरेको हो। विश्वविद्यालयले गण्डकी प्रदेशमा कास्की, स्याङ्जा, म्याग्दी, लमजुङ र नवलपुरबाट कोदोको रक्सीको नमूना संकलन गरी गुणस्तर मापदण्ड तथा खाद्य विभागको प्रयोगशालामा पठाइसकेको छ।...