रसुवा । अविरल वर्षाका कारण बन्द रहेको रसुवागढी–केरूङ अन्तर्राष्ट्रिय राजमार्गलाई सोमबारदेखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार, लगातारको वर्षाले अवरूद्ध पारेको उक्त राजमार्ग चीनले आइतबारसम्म पुनर्निर्माण सम्पन्न गर्ने योजना बनाएको छ...