काठमाडौं। प्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान गरिने भएको छ। साहित्यकार डा वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ छ।यसैगरी नेपाली भाषा र साहित्यमा समर्पित कवयत्री श्रीमती उषा शेरचनलाई पचास हजारसहितको ‘वानीरा पुरस्कार’ प्रदान गरिने...