कायरो । प्यालेस्टिनी इस्लामवादी सङ्गठन हमास र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फतह पार्टीले युद्धोपरान्त गाजा सञ्चालन गर्न संयुक्त समिति बनाउन सहमति जनाएका छन् । अब्बासको स्वीकृति आवश्यक पर्ने उक्त योजनाअन्तर्गत अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, मानवीय सहायता र पुनर्निर्माणसँग सम्बन्धित मामिलामा...