काठमाडौं । कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका-१४ कलंकीस्थित सडकमा प्रदेश नम्बर ३-०२-०११ प ४६८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार धादिङकी २७ वर्षीय शोफिया श्रेष्ठको गएराति मृत्यु भएको हो।...