नुवाकोट। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले सत्तारूढ दलहरुबीच स्थानीय तहको आसन्न चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गरेका छन्। नुवाकोटको सूर्यगढी गाउँपालिका–४ स्थित हल्देकालीमा रहेको कालिका माध्यमिक विद्यालयको आज आयोजित ६१औँ वार्षिकोत्सव कार्यक्रममा...