तनहुँ । पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन भएको छ । आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिक आज दिउँसो खसेको पहिरोले उक्त खण्ड एकतर्फी सञ्चालन भएको हो । ऐनापहरास्थित सडकमाथिबाट डाँडा खसेपछि सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...