काठमाडौं महानगरपालिकाले व्यस्त बजार असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ। नगर प्रहरी प्रमुख राजु पाण्डेले इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको बताए। इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रूपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि...