अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गयो

नेपालभ्युज

हेटौंडा। अरिङ्गालको टोकाइबाट मकवानपुरमा एक जनाको ज्यान गएको छ। भीमफेदी-६ पारिबजार बस्ने ६२ वर्षीय कृष्ण बहादुर स्याङतानको अरिङ्गालको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

बुधबार दिउँसो भीमफेदीको कापडाँडा स्थित जंगलमा गोरु चराउन जाँदा कालो अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका स्याङतानको चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved