युरोपमा उर्जा संकट चुलिँदो, फ्रान्सले पहिलोपटक जर्मनीमा ग्यास पठायो

फ्रान्सले दिइरहेको ग्यासले जर्मनीको मागको २ प्रतिशत पनि धान्दैन तर उर्जा संकटसँग लडिरहेकोले अवस्थामा बर्लिनले यसलाई स्वागत गरेको छ। युक्रेनमाथि आक्रमण गरेपछि रुसले ग्यास आपूर्तिलाई पश्चिमाविरुद्ध हतियारको रूपमा प्रयोग गरेको आरोप लगाइएको छ।

नेपालभ्युज

युरोपमा उर्जा संकट चुलिँदो, फ्रान्सले पहिलोपटक जर्मनीमा ग्यास पठायो

पेरिस। उर्जा संकट चुलिएपछि  फ्रान्सले पहिलो पटक जर्मनीलाई ग्यास पठाएको छ। युरोपेली एकताको लागि भन्दै फ्रान्सले जर्मनीलाई पहिलोपटक ग्यास पठाएको बीबीसीले जनाएको छ ।

रुसले ग्यास निर्यातमा प्रतिबन्ध लगाएपछि युरोपका देशले संकट टार्न एक अर्का देशलाई सहयोग गर्ने सहमति अनुसार ग्यास निर्यात भएको खबरमा उल्लेख छ । फ्रान्सले दिइरहेको ग्यासले जर्मनीको मागको २ प्रतिशत पनि धान्दैन तर उर्जा संकटसँग लडिरहेकोले अवस्थामा बर्लिनले यसलाई स्वागत गरेको छ। युक्रेनमाथि आक्रमण गरेपछि रुसले ग्यास आपूर्तिलाई पश्चिमाविरुद्ध हतियारको रूपमा प्रयोग गरेको आरोप लगाइएको छ।

गत महिना ऊर्जा एकता सम्झौतामा जर्मनीले फ्रान्सलाई आवश्यक पर्दा थप बिजुली उपलब्ध गराउने वाचा गरेको थियो र यसको गुन तिर्न फ्रान्सले जर्मनीलाई ग्यास आपूर्तिमा मद्दत गर्न सहमत भएको थियो। “यदि हामीसँग अहिले युरोपेली ऐक्यबद्धता र एकीकृत बजार छैन भने हामीसँग गम्भीर समस्या हुनेछ,”  फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भनेका छन् ।

रुसले ग्यासको प्रवाह बन्द गरेपछि फ्रान्स कम प्रभावित भएको छ किनभने यसको अधिकांश ऊर्जा आवश्यकता नर्वे र तरल प्राकृतिक ग्यास आपूर्ति मार्फत पूरा हुन्छ

फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि युरोपसहित पश्चिमा देशले रुसमाथि प्रतिवन्ध लगाएका थिए । त्यसको बदलामा रुसले ग्यास आपूर्ति कम गर्दा युरोपमा अहिलेसम्मकै उच्च मूल्यवृद्धि भएको छ । युरोपका देशमध्ये जर्मनी सबैभन्दा धेरै रुससँग निर्भर रहेको छ । फेब्रुअरीअघि जर्मनीले आफ्नो ग्यासको ५५ प्रतिशतको लागि रुसमा भर परेको थियो। यसले यसलाई ३५ प्रतिशतमा घटाएको छ र आयात शून्यमा घटाउन चाहन्छ।

संकट चुलिँदै गएपछि नकारात्मक वातावरणीय प्रभावको बाबजुद जर्मनीले कोइलाको प्रयोग बढाउँदै छ । कोइलाबाट चल्ने बन्द हुन लागेका पावर स्टेशनहरु पनि ब्युँताइरहेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपमा ग्यास निर्यात बढाउन सकिने तर बल युरोपेली संघको कोर्टमै रहेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved