नेपाली खेलकुदको ‘महाकुम्भ’ राष्ट्रिय खेलकुद आज सुरु हुँदै

नवौंको सफल आयोजनाका लागि सम्पूर्ण तयारी समेत पूरा भएको  राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगतामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

नेपालभ्युज

नेपाली खेलकुदको ‘महाकुम्भ’ राष्ट्रिय खेलकुद आज सुरु हुँदै

पोखरा। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा आज शुक्रबारबाट सुरु हुँदैछ ।

पोखरा रंगशालामा शुक्रबार दिउँसो ४ बजे विशेष समारोहकाबीच उप-राष्ट्रपति नन्दबहादुर पुनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ्य भएपछि उपराष्ट्रपतिले नवौंको उद्घाटन गर्न लागेका हुन् । नेपाली खेलकुदको कुम्भमेला मानिने राष्ट्रिय खेलकुदको नवौँ संस्करणको उद्घाटनमा ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने छन् । मार्चपास, झाँकी, गीत, नाचगान लगायतको कार्यक्रम रहेको छ ।

कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो ।  गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता हुन लागेको हो ।  यस अघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको छ । नवौंको अधिकासं खेलहरु पोखरा रंगशालामा हुनेछ।

नवौंको सफल आयोजनाका लागि सम्पूर्ण तयारी समेत पूरा भएको  राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगतामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved