सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

वकिल भन्छन्- किशोरीको दुई वटा जन्मदर्ता बारे अनुसन्धान गरिरहेका छौं

नेपालभ्युज

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
फाइल फोटो

काठमाडौं। बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले अनुसन्धान लागि थप ५ दिनको म्याद थप गरेको हो। यसअघि पहिलाेपटक २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको थियो। अनुसन्धानको लागि लिइएको म्याद आज सकिएको थियो।

विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो। पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए। उनले आत्मसमपर्ण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।

लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले पीडित भनिएकी किशोरीको दुई वटा जन्मदर्ता भएको विषयमा अनुसन्धान गरिरहेको बताएका छन्।

सन्दीपलाई दोस्रो पटक अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै त्यस विषयमा आफूहरूले अनुसन्धान गरिरहेको उनले बताए।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved