सन्दीप लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै

नेपालभ्युज

सन्दीप लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई म्याद थपका लागि विहीबार जिल्ला अदालत काठमाडौं लगिँदैछ।

नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि विहीबार दोस्रो पटक काठमाडौं जिल्ला अदालत लैजान थालिएको प्रहरीले जनाएको छ । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो।

गत सोमबार २० गतेबाट लागू हुनेगरि प्रहरीले अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved