देशैभरको मौसम घमाइलो, दिउँसो केहि ठाउँमा सामान्य वर्षा हुने

नेपालभ्युज

देशैभरको मौसम घमाइलो, दिउँसो केहि ठाउँमा सामान्य वर्षा हुने
फाइल तश्वीर

काठमाडौं। झरी रोकिएपछि देशैभरको मौसम घमाइलो भएको छ । धेरै ठाउँमा विहानैदेखि पहारिलो घाम लागेको छ ।

अब ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । तर, मनसुन बाहिरिनसकेकाले हल्का वर्षा भने हुने मौसमविद् हिरा भट्टराईले बताइन । मनसुन आउँदो आइतबारबाट बाहिरिने सम्भावना छ । उनका अनुसार आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने छ ।

बेलाबेला बादल लागे पनि ठूलो वर्षाको सम्भावना छैन । तर केहि ठाउँमा दिउँसो र बेलुकापख सामान्य पानी पर्न सक्ने मौसमविद्को अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved