बागी उम्मेदवारी फिर्ता नलिनेलाई कारबाही गर्ने नेकपा एसको चेतावनी

नेपालभ्युज

बागी उम्मेदवारी फिर्ता नलिनेलाई कारबाही गर्ने नेकपा एसको चेतावनी

काठमाडौं। नेकपा एकिकृत समाजवादी पार्टीले सत्ता गठबन्धनको सहमति बाहेकका ठाउँमा दिएका उम्मेदवारी फिर्ता लिन पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीका महासचिव वेदुराम भुसालले विज्ञप्ती निकालेर गठबन्धनको सहमतिविपरित उम्मेदवारी दिएका सबैलाई निर्धारित समय बुधबार दिउसो १ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् ।

पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायम राखेमा पार्टीले कारबाही गर्ने भुसालले चेतावनी दिएका छन् । मङ्गलबारको सत्ता गठबन्धनको बैठकले बागी उम्मेदवारी फिर्ता नलिनेलाई सम्बन्धित दलले कारबाही गर्ने सहमति गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved