प्रचण्डसँग भिड्दै छन् १२ जना, यस्तो छ गोरखा २ को अंकगणित

गोरखा क्षेत्र नम्बर २ मा १३ जनाको उम्मेदवार छन्। ती माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ पनि एक हुन्। उनीसँगै अरू ९ दलका उम्मेदवार र ३ जना स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। गोरखा-२ मा मुख्य प्रतिस्पर्धी कांग्रेस, माओवादी र नेपाल समाजवादी पार्टी (नेसपा) गठबन्धनमा छन्।

नेपालभ्युज

प्रचण्डसँग भिड्दै छन् १२ जना,  यस्तो छ गोरखा २ को अंकगणित

काठमाडौं। गोरखा क्षेत्र नम्बर २ मा १३ जनाको उम्मेदवार छन्। ती मध्ये सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि एक हुन्।

उनीसँगै अरू ९ दलका उम्मेदवार र ३ जना स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन्। गोरखा २ मा मुख्य प्रतिस्पर्धी कांग्रेस, माओवादी र नेपाल समाजवादी पार्टी (नेसपा) गठबन्धनमा छन्।

गत स्थानीय निर्वाचनमा भने सत्ता गठबन्धनका दलहरूले गोरखामा तालमेल भएन। अहिले गठबन्धनका दलहरू परिवर्तन भएका छन्। गठबन्धनको मुख्य प्रतिस्पर्धा भने नेकपा एमालेसँग हुने देखिन्छ।

यी हुन् अरू १२ उम्मेदवार

नेकपा एमालेको तर्फबाट अब्दुस मियाँ उम्मेदवार छन्। नेपाल मजदुर किसान पार्टीका प्रल्हाद लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटी उम्मेदवार छन्।

यस्तै राप्रपा नेपालका कुलबहादुर बस्नेत उम्मेदवार हुँदा नेपाली कांग्रेस बिपीबाट टिकादत्त पोखरेल, राप्रपाबाट सुशील पन्तले उम्मेदवारी दिएका छन्। नेकपा मालेबाट नारायणबाबु आचार्य उम्मेदवार छन्।

हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा, मंगोलनेसनल अर्गनाइजेसनका सोमबहादुर गुरुङ उठेका छन्। १० वटा दलले उम्मेदवारी दिँदा ३ जना स्वतन्त्र उम्मेदवार छन्।

पालुङटार नगरपालिका ४ का गणेश देवकोटा, बारपाक सुलिकोट ८ का विनोदकुमार गुरुङ, काठमाडौं महानगरपालिका ३२ कि डाक्टर माधवी भट्ट पनि स्वतन्त्र उम्मेदवार छिन्।

जहाँ छन् एक लाख बढी मतदाता

गोरखाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गोरखा नगरपालिकाको ८ देखि १४ नम्बर वडा सहित पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका पर्छ। जहाँ एक लाख पाँच हजार दुई सय ४० मतदाता छन्।

२०७४ को निर्वाचनमा ७० हजार आठ सय २६ मतदाता थिए। ६० हजार एक सय १५ मत खसेको थियो। कांग्रेस सँगको तालमेलमा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष डा‍. बाबुराम भट्टराईले माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए।

भट्टराईले ३१ हजार आठ सय सात मत प्राप्त गरे भने वाम गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठले २४ हजार नौ सय ३३ मत पाए। २०७४ मा भन्दा अहिले मतदाता थपिएका छन्।

गठबन्धनभन्दा एमाले धेरै तल

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारले पाएको मत र एमालेका उम्मेदवारले पाएको मतान्तर धेरै देखिन्छ।

सत्ता गठबन्धनका उम्मेदवारले स्थानीय निर्वाचनमा गोरखा २ का पालिकामा करिब ५२ हजार मत पाएका थिए। एमालेका उम्मेदवार करिब छ हजार पाँच सय मत पाएका छन्। पुरानै हिसाबमा मत खस्ने हो भने छ, गुणभन्दा बढी मत गठबन्धनका उम्मेदवार प्रचण्डलाई आउनेछ।

स्थानीय चुनावमा उम्मेदवारी नदिएका दल र केही स्वतन्त्र उम्मेदवारले पनि मतान्तर फरक पार्न सक्ने देखिन्छ। गोरखा-२ मा एमालेले मत बढाउने र जित्ने दाबी उम्मेदवार अब्दुस मियाँको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved