यू–१७ राष्ट्रिय फुटबल टोली आज नेपाल आइपुग्ने

नेपालभ्युज

यू–१७ राष्ट्रिय फुटबल टोली आज नेपाल आइपुग्ने

काठमाडौं। एएफसी एसियन कप छनोटमा सहभागी भएको यू–१७ राष्ट्रिय फुटबल टोली आज (मङ्गलबार) नेपाल आइपुग्ने छ । नेपाली फुटबल टोली मङ्गलबार राति ९ बजे त्रिभुवन विमानस्थल पुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

भियतनाममा आयोजना भएको यू–१७ छनोटमा ३ खेलमा नै पराजित भएको थियो । नेपाल समूह एफमा थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेईसँग रहेको थियो ।
पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३–० र दोस्रो खेलमा भियतनामसँग ५–० गोलअन्तरले पराजित भएको थियो । अन्तिम खेलमा भने नेपाल चाइनिज ताइपेईसँग ४–२ गोलअन्तरले पराजित भएको थियो ।

समूह विजेता भियतनाम र उपविजेता थाइल्यान्ड एसिया कपको लागि छनोट भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved