सभामुख सापकोटा सरकारी सुविधा छोडेर निजी निवासमा फर्किए

नेपालभ्युज

सभामुख सापकोटा सरकारी सुविधा छोडेर निजी निवासमा फर्किए

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा सरकारी सुविधा त्याग गरेर निजी निवास फर्किएका छन्। सभामुखको हैसियतमा पाएको सवारी साधन तथा सरकारी आवास फिर्ता गरेर निजी निवासमा फर्किएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

सभामुखको हैसियतमा उनी लैनचौरस्थित सरकारी निवासमा बस्दै आएका थिए। संसद् सचिवालयबाट पाएको गाडी, ल्यापटप, मोबाइल तथा ब्रिफकेश बुझाएर उनी भक्तपुरको कौशलटारस्थित निजी निवास फर्किएका हुन्।

त्यसअघि उनले संसद् सचिवालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आफू आगामी निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट उम्मेदवार नबन्ने घोषणा गरेका थिए। उनले आफूले युवापुस्तालाई अवसर दिनका लागि सो निर्णय गरेको बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved