कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु

नेपालभ्युज

काठमाडौं। कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।

बिहीबार राति पुनर्वास नगरपालिकाको अमरबस्तीस्थित धनगढी-बेलौरी हुलाकी सडक खण्डमा से७प ४७६५ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किंदा धनगढीका दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लका अनुसार बिहीबार राति करिब ११ बजे भएको दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका-३ का २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास नगरपालिका-१० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो।

गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved