वासिङ्टन। चर्तित अमेरिकी र्यापर कुलियोको मृत्यु भएको छ । सन् १९९० को दशकको हिट फिल्म डेन्जरस माइन्ड्सको ग्याङ्स्टाज प्याराडाइजका परिचित र्यापर कुलियोको ५९ वर्षको उमेरमा बुधरबार लस एन्जलसमा मृत्यु भएको एनबीसी न्युजले जनाएको छ ।
कूलियोका प्रबन्धक जारेज पोसेले कुलियोको मृत्युको पुष्टि गरेका छन्। साथीको घरमा बाथरुमका गएका बेला कुलियोको मृत्यु भएको खबरमा उल्लेख छ । कुलियोको हृदयघातको कारण मृत्यु शंका गरिएको छ तर मृत्युको आधिकारिक कारण पुष्टि भएको छैन।
बाथरुमा अचेत अवस्थामा भेटिएका कुलियोलाई डाक्टरले हेर्नेवित्तिकै मृत घोषणा गरेका थिए । कुलियोको वास्तविक नाम आर्टिस लियोन आभिय जुनियर हो । उनले ९० को दशकमा र्याप विधामा तहल्का मच्याएका थिए । उनले १९९६ मा ग्याङ्स्टाज प्याराडाइजको लागि चर्चित ग्रामी पुरस्कार प्राप्त गरेका थिए ।
Facebook Comment
Comment