खेलकुद पत्रकार मञ्चले गर्‍यो प्रदिप हुमागाईंलाई कारबाहीको माग

नेपालभ्युज

खेलकुद पत्रकार मञ्चले गर्‍यो प्रदिप हुमागाईंलाई कारबाहीको माग

काठमाण्डौं ।  नेपाल खेलकुद पत्रकार मञ्चले अखिल नेपाल फुटबल संघ एन्फालाई राष्ट्रिय फुटबल टिमका कार्यबाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईंको कारबाही माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

बुधबार हुमागाईँलाई कारबाहीको माग गर्दै मञ्चका सचिव अन्जन खड्काले एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

बंगलादेशविरुद्धको फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलपश्चातको पोस्ट म्याच कन्फरेन्समा प्रशिक्षक हुमागाई खेलकुद पत्रकारप्रति आपत्तिजनक रूपमा प्रस्तुत भएर पदीय मर्यादाविपरीत कार्य गरेका थिए ।

उनले मञ्चलाई विगतमा पनि आर्थिक सहयोग गरेको र आगामी दिनमा ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका थिए । उक्त टिप्पणीको मञ्चले खण्डन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved