गुल्मी। गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएकाे छ।
बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जिप गए राति रेसुंगा नगरपालिकास्थित पाँचरातेमा दुर्घटना हुँदा अन्य ६ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।
जिप अनियन्त्रित भई सडकबाट करीब ५०० मिटर तल खसेको थियो।
दुर्घटनामा परी ज्यान गुमाउनेमा जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा र ४६ वर्षीया राधिका थापा र चुँदारीकी १९ वर्षीया संगीता सुनार रहेकाे प्रहरीले जनाएकाे छ।
उनीहरुको उपचारका क्रममा तम्घासस्थित गुल्मी अस्पतालमा मृत्यु भएकाे प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए।
उनका अनुसार घाइतेमध्ये एक जनाकाे गुल्मी अस्पताल र पाँच जनाकाे थप उपचारका लागि पाल्पा लगिएकाे छ।
Facebook Comment
Comment