काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभामुख अग्नि प्रसाद सापकोटाले सभामुखको हैसियतमा गरेका निर्णय र सभामुखको पदावधिमाथी प्रश्न उठाएका छन् ।
आइतबार संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै अध्यक्ष तिमल्सिनाले सभामुख सापकोटाले असोज ५ गते सभामुखको हैसियतमा गरेको निर्णय कार्यान्वयन नगराउन निर्देशन गरेका हुन् ।
अध्यक्ष तिमिल्सिनाको निर्देशनमा उपसचिव सुशीला आचार्यले महासचिव गौतमलाई लेखेको पत्रमा भनिएको छ, ‘मिति २०७१/०६/०५ गते दिनको १ः०० बजे बसेको संघीय संसद सचिवालयको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न गराउन उपयुक्त नदेखिएको सम्माननीय अध्यक्षज्यूबाट निर्देश भएकोले सोही वमोजिम गर्नु गराउनु हुन निर्देशानुसार अनुरोध छ।’
पत्रमा भनिएको छ, ‘…२०७४ सालमा प्रतिनिधि सभाको निर्वाचनको लागि समानुपातिक निर्वाचन प्रणाली बमोजिम उम्मेदवारको बन्दसूची पेश हुने अघिल्लो दिनसम्म मात्र व्यवस्थापिका संसद कायम रहेको विगतको अभ्यास रहेको निर्वाचन आयोगबाट निर्वाचनको सघन रुपमा तयारी भइरहेको सन्दर्भ समेतलाई आधार मानी प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरूको कार्यावधि नेपालको संविधान, प्रचलित कानून र विगतको अभ्यास बमोजिम निश्चित हुने व्यहोरा प्राप्त भएको।’
यस्तो छ पत्र

Facebook Comment
Comment