उपराष्ट्रपति पुनको प्रतिक्रिया : संवैधानिक दायराभन्दा बाहिर जाने छुट कसैलाई छैन

उपराष्ट्रपति पुनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको बताएका छन् । बुधबार विज्ञप्ति निकालेर उनले राष्ट्रपति भण्डारी तर्फ संकेत गर्दै संवैधानिक दायरा स्मरण गराएका छन् ।

नेपालभ्युज

उपराष्ट्रपति पुनको प्रतिक्रिया : संवैधानिक दायराभन्दा बाहिर जाने छुट कसैलाई छैन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेको विषयमा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रतिक्रिया आएको छ । उपराष्ट्रपति पुनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको बताएका छन् ।

बुधबार विज्ञप्ति निकालेर उनले राष्ट्रपति भण्डारी तर्फ संकेत गर्दै संवैधानिक दायरा पनि स्मरण गराएका छन् । संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई दायराभन्दा बाहिर जाने छुट नभएको भन्दै पुनले संविधानको प्रमुख पालक र संरक्षकबाट नै उल्लंघन भएको आवाज उठ्नु दुःखद भएको उल्लेख गरेका छन् ।

उपराष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’

संसदले पारित गरेर दोस्रो पटक पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि अहिले व्यापक प्रतिक्रिया आइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved