टुकुचा खोलामाथि बनेका संरचना तत्काल नभत्काउन उच्च अदालतको आदेश

प्रक्रिया बमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएको भन्दै तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिएको उच्च अदालत पाटनले जनाएको छ । अदालतले असोज ५ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ । 

नेपालभ्युज

टुकुचा खोलामाथि बनेका संरचना तत्काल नभत्काउन उच्च अदालतको आदेश

काठमाडौं ।  टुकुचा खोला माथि बनाइएका संरचना तत्काल नभत्काउन उच्च अदालत पाटनले अन्तरकालीन आदेश जारी गरेको छ ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहँदा अदालतको आदेश आएको हो । महानगरले हालसम्म जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो ।

प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।

प्रक्रिया बमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएको भन्दै तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिएको उच्च अदालत पाटनले जनाएको छ ।

अदालतले असोज ५ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved