काठमाडौं । नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा सातवटा विषयमाथि छलफल हुने भएको छ ।
असोज चार र पाँच गते हुने सम्मेलनमा पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि, महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरू, खोप, औषधि र उपकरणहरूको उचित भण्डारण, ढुवानी र वितरण, नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना, चिकित्सा क्षेत्रका जनशक्तिलाई स्वदेशमै अवसर र प्रेरणा, सूर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर र महामारीले चिकित्सा शिक्षामा पारेको असर र अवसर गरी सात वटा विषयमा छलफल हुनेछ ।
आइतबार पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ । दुईदिने सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । उनले यो सम्मेलनले स्वास्थ्यको नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको डा. कार्कीको भनाइ छ ।
Facebook Comment
Comment