अश्लिल भिडिओ सार्वजनिक भएपछि ८ जना युवतीले गरे सामूहिक आत्महत्याको प्रयास

भारतको चंढीगढमा साथीले नै ६० जनाको अश्लिल भिडिओ खिचेर भाइरल बनाएपछि हंगामा

अश्लिल भिडिओ सार्वजनिक भएपछि उनीहरुले आत्महत्याको प्रयास गरेको बताइएको छ । एकजना साथीले नै ति भिडिओ खिचेर भाइरल बनाएकी थिइन ।

नेपालभ्युज

अश्लिल भिडिओ सार्वजनिक भएपछि ८ जना युवतीले गरे सामूहिक आत्महत्याको प्रयास

काठमाडौं । भारतको चंडीगढ नजिकको एक एक निजी विश्वविद्यालयमा शनिवार राति कम्तिमा आठजना युवतीले आत्महत्याको प्रयास गरेका छन् । यो घटनापछि कलेजमा व्यापक हंगामा भएको छ ।

अश्लिल भिडिओ सार्वजनिक भएपछि उनीहरुले आत्महत्याको प्रयास गरेको बताइएको छ । एकजना साथीले नै ति भिडिओ खिचेर भाइरल बनाएकी थिइन ।

बीबीसी हिन्दीका अनुसार यो कलेजमा अध्ययनरत विद्यार्थीको एक अश्लिल भिडिओ सार्वजनिक भएको थियो । विद्यार्थीले शेयर गरेको भिडिओमा एक युवतीले उक्त भिडि‌ओ आफूले खिचेको बताइरहेकी छन् । जसमा उनले साथीले नुहाउँदै गर्दा भिडिओ खिचेको बताएकी छन् ।

उनीमाथि आफ्ना केटी साथीको अस्लिल  भिडिओ बनाएर शिमलामा बस्ने केटा साथीलाई पठाएको आरोप लागेको छ ।

आइतबार बिहान प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । ति केटीसँग अन्य थुप्रै भिडिओ पनि भएको र कलेज प्रशासनले कुनै कारबाही नगरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका छन् ।

प्रहरीले भिडिओ भाइरल बनाउने छात्रालाई पक्राउ गरेर मुद्दा लगाएको छ । पंजाबका शिक्षा मन्त्री हरजोत सिंह बैंसले ट्वीट गरेर विद्यार्थीलाई शान्त रहन भनेका छन् ।

अहिलेसम्मको अनुसन्धानमा करिब ६० जना केटीको अश्लिल भिडिओ बनाएको पाइएको छ । ति मध्ये ८ जनाले सामूहिक रुपमा आत्महत्याको प्रयास गरेका हुन् । केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

कतिपय भारतीय संचार माध्यमले भने एकजनाको मृत्यु भएको समेत बताएका छन् । जसलाई भिडिओ पठाइएको थियो ति केटालाई शिमलाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved