समानुपातिक सूचीबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

बैठकमा मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको सूची तय गर्नेबारे छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

नेपालभ्युज

समानुपातिक सूचीबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ। शनिबार दिउँसो १ बजेका लागि पार्टी कार्यालयमा बैठक बस्न लागेको हो।

बैठकमा मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको सूची तय गर्नेबारे छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले सोअघि नै सूची तयार गर्नुपर्ने दबाब एमालेमाथि छ। यस्तै अन्य दलहरू पनि समानुपातिकको सूची तय गर्न व्यस्त छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved