जपानमा सुरक्षाको माग गर्दै गायिका अमृता श्रीपाल

जापानमा सञ्चालित धौलागिरि दोहोरी साँझमा साङ्गीतिक प्रस्तुति दिन पुगेकी लोक गायिका अमृता श्रीपालले आफूमाथि भौतिक आक्रमण भएको आरोप लगाएकी छिन्।

नेपालभ्युज

जपानमा सुरक्षाको माग गर्दै गायिका अमृता श्रीपाल

काठमाडौं। जापानमा सञ्चालित धौलागिरि दोहोरी साँझमा साङ्गीतिक प्रस्तुति दिन पुगेकी लोक गायिका अमृता श्रीपालले आफूमाथि भौतिक आक्रमण भएको आरोप लगाएकी छिन्।

दोहोरी साँझका सञ्चालक धन थापाविरुद्ध राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जापान शाखामा निवेदन दिएकी हुन्।

गत अगस्ट १३ मा जापानको ओसाका कोबे सहरस्थित धौलागिरि दोहोरी साँझमा साङ्गीतिक प्रस्तुतिका लागि स्पोन्सर गरेका बागलुङका थापाविरुद्ध गायिका श्रीपालले निवेदन दिएकी हुन्।

उनले आफू जापान प्रवेश गरेपछि हरेक कार्यक्रममा गाउँदा पाएको पारिश्रमिक थापालाई कमिसन दिनुपर्ने तर, आउन जान यातायात खर्च समेत नदिने गरेको उनले निवेदनमा उल्लेख गरेकी छन्।

कार्यक्रमका सहकर्मीसँग अनैतिक सम्बन्ध राखेको जस्ता आरोप समेत थापाले लगाउने गरेको श्रपालले निवेदनमा उल्लेख गरेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved