ली नेतृत्वको उच्चस्तरीय चिनियाँ टोली स्वदेश फिर्ता

चार दिने भ्रमण पूरा गरी फर्किएको चिनियाँ टोलीलाई सभामुख अग्नि सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका छन् ।

नेपालभ्युज

ली नेतृत्वको उच्चस्तरीय चिनियाँ टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाल भ्रमण पूरा गरेर चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ ।

चार दिने भ्रमण पूरा गरी फर्किएको चिनियाँ टोलीलाई सभामुख अग्नि सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् ।

ली चान्सु यही भदौ २७ गते काठमाडौं आएका थिए । नेपाल  भ्रमणका क्रममा उनले अन्तरसंसदीय सहयोग सम्बन्धी द्विपक्षीय समझदारी गरेका छन् ।
यस्तै, नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री सभामुख तथा प्रमुख दलका शीर्षस्थ नेतासँग भेटवार्ता गरेका थिए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved