मोटरसाइकलमा सवार दुई व्यक्तिले ११ जनामाथि हाने गोली

नेपालभ्युज

मोटरसाइकलमा सवार दुई व्यक्तिले ११ जनामाथि हाने गोली

काठमाडौं । भारतको बिहारमा दुई व्यक्तिले अन्धाधुन्ध गोली हानेका छन् । मोटरसाइकलमा सवार दुई अपरिचित ब्यक्तिले बेगुसराय जिल्लामा ११ जनामाथि गोली हानेका हुन् ।

गोली लागेकामध्ये एकजनाको मृत्यु भएको छ । १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीय प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुईजनाले करिब ३० किलोमिटरसम्म गोली हान्दै हिडेका थिए ।

राष्ट्रिय राजमार्गमा घण्टौसम्म गोली चलाए पनि प्रहरीले रोक्न असफल भएको थियो । दुवैलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । भारतीय जनता पार्टीले घटनाको  विरोधमा जिल्ला बन्द आव्हान गरेको छ ।

प्रहरीले जिल्लाको नाका सील गरेर अपराधीको खोजी गरिरहेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved