११२ वर्षमा बिते जापानका सर्वजेष्ठ पुरुष

नेपालभ्युज

११२ वर्षमा बिते जापानका सर्वजेष्ठ पुरुष

टोकियो । जापानका सबैभन्दा वृद्ध मिकिजो उएडाको ११२ वर्षको उमेरमा नारा शहरमा निधन भएको स्थानीय सरकारले मङ्गलबार जनाएको छ ।

उनको जन्म सन् १९१० मे महिनामा भएको थियो। उनको निधन भएपछि स्वास्थ्य मन्त्रालयले यसै साता देशकै वृद्धहरूमध्येबाट अर्को सर्वजेष्ठ नागरिक घोषणा गर्ने तयारी गरेको छ।

गिनिज वर्ल्ड  रेकर्ड्सबाट विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता पाएकी ११९ वर्षीया जापानी महिला केन तानाकाको यस वर्षको अप्रिल १९ मा फुकुओका प्रिफेक्चरमा निधन भएको थियो । उनको मृत्युसँगै, जापानको सबैभन्दा वृद्ध व्यक्ति अब ओसाका प्रिफेक्चरमा बस्ने ११५ वर्षीया महिला फुसा तात्सुमी हुन्।

जापानका जिरोमोन किमुरा, गिनिज वल्र्ड रेकर्ड्स द्वारा प्रमाणित सबैभन्दा लामो समय बाँचेका पुरुष थिए उनी (११६ वर्ष र ५४ दिन) को उमेरमा जुन २०१३ मा निधन भएको थियो। सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved