चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष चान्सु नेपाल आउँदै, यस्तो छ तालिका

यस्तै चान्सुले परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग पनि भेटवार्ता गर्नेछन् । भेटमा चीनसँगका व्यापारिक नाकामा सामान रोकिँदा नेपाली व्यवसायीलाई परेको मर्काबारे पनि छलफल हुने खड्काले जानकारी दिएका छन् । 

नेपालभ्युज

चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष चान्सु नेपाल आउँदै, यस्तो छ तालिका

काठमाडौं। चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको टोली आज नेपाल भ्रमणमा आउँदैछ । चान्सु नेतृत्वको टोली रुस, मङ्गोलिया हुँदै दिउँसो नेपाल आउन लागेको हो । नेपाल आउनेबित्तिकै उनले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गर्ने कार्यक्रम छ ।

चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु नेपाल भ्रमणमा आउने राष्ट्रपति सी जिनपिङ पछिका दोस्रो ठूलो तहका नेता हुन् । सीले २०७६ सालको २५ देखि २७ असोजसम्म राजकीय भ्रमण गरेका थिए ।

मङ्गलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नेछन् । चान्सुले पर्सि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले एमाले अध्यक्ष  केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम छ ।

यस्तै चान्सुले परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग पनि भेटवार्ता गर्नेछन् । भेटमा चीनसँगका व्यापारिक नाकामा सामान रोकिँदा नेपाली व्यवसायीलाई परेको मर्काबारे पनि छलफल हुने खड्काले जानकारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved