चितवन गोल्डकपः मकवानपुरविरुद्ध सिमराको सहज जीत

नेपालभ्युज

चितवन गोल्डकपः मकवानपुरविरुद्ध सिमराको सहज जीत

चितवन ।  चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा नव जनजागृति युवा क्लब सिमराले सहज जीत निकालेको छ । नारायणगढको क्याम्पाचौरमा सम्पन्न उक्त खेलमा सिमराले मकवानपुर–११ लाई ३–१ गोलअन्तरले हराएको हो ।

सिमराको जीतमा विवेक चौधरीको दुई तथा सृजन गौतमको एउटा गोल सामेल थियो । मकवानपुरका लागि सुजन गुरुङले सान्त्वना गोल गरेका थिए । सिमराका लागि चौधरीले खेलको १७औँ मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै खेलको २४औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै सिमरालाई २–० गोलको अग्रता दिलाए ।

मकवानपुरले पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्‍यो । खेलको ४७औँ मिनेटमा मकवानपुरका लागि गुरुङले सान्त्वना गोल गरेका थिए । खेलको ७०औँ मिनेटमा सिमराका लागि गौतमले गोल आफ्नो टोलीलाई विजयी दिलाए । सिमराका चौधरी ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे । सोमबार मनाङ एफसी र सर्लाहीको बागमती नगरपालिकाबीच खेल हुनेछ । भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्डकप विजेताले  सात लाख तथा उपविजेताले  तीन लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved