देशको अर्थतन्त्र पछाडि धकेलिँदै छ, कृषि उद्योगको विकास गरौं : प्रचण्ड

नेपालभ्युज

देशको अर्थतन्त्र पछाडि धकेलिँदै छ, कृषि उद्योगको विकास गरौं : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको आर्थिक स्थिति बलियो बनाउन कृषि उद्योगहरूको विकास गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताएका हुन् । उनले देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताए ।

कृषिमा गरिने लगानी देशको लागि आवश्यक भएको बताउँदै अध्यक्ष दाहालले कृषिपछि जलविद्युत, पर्यटन, जडिबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved