सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

नेपालभ्युज

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टिमबाटै निलम्बन गरेको छ ।

बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए ।

लामिछाने विरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी छन् । छानबिन सहज बनाउन उनलाई क्यानले निलम्बन गरेको हो ।  जिल्ला अदालत काठमाडौंले बिहिबार उनीविरुद्ध पक्राउ पुर्जी पनि जारी गरिसकेको छ ।

सन्दीप हाल सीपीएल खेल्न वेस्ट इन्डिजमा छन् । उनले प्रतियोगिता सकिएपछि मात्रै फर्कने बताएका छन् । विदेश जानु अघिल्लो रात होटलमा लगेर बलात्कार गरेको भन्दै १७ बर्षिया किशोरीले सन्दीपविरुद्ध जाहेरी दिएकी थिइन ।

अदालतले पक्राउ पूर्जी जारी गरिसकेको अवस्थामा उनलाई निलम्बन गरिएको क्यानको विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved