सन्दीपले मागे क्यानको सहयोग, खेल सकिएपछि मात्रै वेस्ट इन्डिजबाट फर्कने

सीपीएल खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले आफू निर्दोष रहेको भन्दै नेपाल क्रिकेट संघसँग कानुनी सहयोग मागेका हुन् ।

नेपालभ्युज

सन्दीपले मागे क्यानको सहयोग, खेल सकिएपछि मात्रै वेस्ट इन्डिजबाट फर्कने

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानसँग कानुनी सहयोग मागेका छन् । क्यारेवियन प्रिमियर लिग सीपीएल खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले आफू निर्दोष रहेको भन्दै नेपाल क्रिकेट संघसँग कानुनी सहयोग मागेका हुन् ।

राम्रो कानुन व्यवसायीलाई आफ्नो मुद्दा लड्ने वातावरण बनाइदिन आग्रह गर्दै सन्दीपले आफू खेल सकिएपछि मात्रै नेपाल आउने बताएको क्यानका महासचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए । क्यानले सन्दिपमाथि तत्काल कुनै कारबाही नगर्ने निर्णय गरिसकेको छ ।

१७ वर्षकी एक बालिकाले सन्दीपमाथि बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी छिन् । प्रहरीले अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved