भियतनाम। भियतनामको दक्षिणी सहर थुआन एनमा रहेको केराओके बारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएका छन् ।
सार्वजनिक सुरक्षा मन्त्रालयको आधिकारिक मुखपत्र कोङ एन हान दानका अनुसार मृत्यु हुने ३२ जनामध्ये १७ जना पुरुष र १५ जना महिला रहेका छन् । आगलागी हुँदा बारमा करिब ६० जना थिए। आगलागीबाट बच्न धेरै मानिसहरु बालकनीमा जम्मा भएको तर आगो फैलिएको कारण त्यहाँ पनि सुरक्षित बस्न नसकेको बताइएको छ ।
यस्तो अवस्थामा चारजनाले भाग्नका लागि भवनको दोस्रो र तेस्रो तल्लाबाट हाम फालेका थिए । मंगलबार राति केराओके कम्प्लेक्सको दोस्रो तल्लाबाट निस्किएको आगो र धुवाँमा धेरै ग्राहक र कर्मचारी फसेको देशको सरकारी सञ्चारमाध्यमले जनाएको छ। दोस्रो तलाबाट सुरु भएको
आगो चाँडै तेस्रो तल्लामा पुगेको थियो, जहाँ चाँडै जल्ने सामान राखिएको थियो। आगलागीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Facebook Comment
Comment