काठमाडौं। क्यानडामा आइतबारको छुरा कान्डमा संलग्नमध्ये एक जना मृत भेटिएका छन् । क्यानाडाको मध्य सास्काचेवान प्रान्तमा भएको आक्रमणका आक्रमणकारीमध्ये एक ३१ वर्षीय डेमियन स्यान्डरसनको शव जेम्स स्मिड क्री नेसनमा फेला परेको प्रहरीले जनाएको छ।
आक्रमणमा परी ज्यान गुमाउनेहरूमध्ये धेरै यही ठाउँमा बस्छन्। संदिग्धमध्ये दुवै जना दाजुभाइ रहेको प्रहरीले जनाएको छ । यी मध्ये एक भाइ मिल्स स्यान्डरसन अझै फरार छन्।
आइतबार यी दुई जनाले चक्कु प्रहार गर्दा कम्तीमा १० जनाको ज्यान गएको थियो भने १८ जना घाइते भएका थिए ।यी आक्रमणहरू विभिन्न १३ ठाउँमा भएका थिए। डेमियन र मिल्स दुवैलाई हत्याको आरोप लगाइएको छ।
प्रहरीले मिल्स अझै फरार रहेको र जनता सचेत हुनुपर्ने बताएको छ । ३० वर्षीय मिल्सलाई पनि चोट लागेको हुनसक्ने र नजिकैका मानिसहरूबाट स्वास्थ्य सहायता लिन सक्ने प्रहरीको विश्वास छ।
यद्यपि मिल्सले आफ्नो भाइ डेमियनको हत्या गरेको हो वा होइन भनेर प्रहरीले खुलाएको छैन। मिल्सविरुद्ध विगत केही वर्षदेखि कैयौं आपराधिक मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment