काठमाडौं । काठमाडौं महानगरपालिकाले समयमै कर बुझाउन ७ वटा क्यासिनोलाई ताकेता गरेको छ । एक साताभित्र मनोरञ्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै महानगरले आइतबार पत्राचार गरेको हो ।
महानगर पालिकाले होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, हाटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेश्नल एन्ड रिक्रिएसन, हाटल सोल्टीको माजोङ र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो ।
बागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर पटक पटक ताकेता गर्दा पनि नति सम्बन्धित संस्थाहरुको ४ वर्ष देखि नतिरेको महानगरको रनाजश्व विभागले जनाएको छ ।
प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानसहित ७ दिनभित्र कर चुक्तता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरीने चेतावनी महानगरले क्यासिनोलाई गराएको छ ।
Facebook Comment
Comment