इतिहासमै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो ‘विक्रम’

बाहुबली-२ भन्दा ४० करोड बढी कमाइ

नेपालभ्युज

इतिहासमै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो ‘विक्रम’

काठमाडौं । कमल हसन स्टारर ‘विक्रम’ इतिहासमै सबैभन्दा धेरै कमाउने तमिल फिल्म बनेको छ । लोकेश कंगराज निर्देशित र हसनको प्रमुख भूमिका रहेको फिल्मले विश्वभर ४३२.५० करोड भारु कमाइ गरेको हो ।

जसमध्ये भारतबाट मात्र ३०७.६० करोड भारु कमाइ भएको छ । गत जुनमा रिलिज भएको फिल्मले त्यसको दुई सातासम्म कलिउड फिल्म उद्योगमा एकपछि अर्को कीर्तिमान राखेको थियो । तर यो फिल्म नेपाली बक्स अफिसमा चल्न सकेन ।

रोचक पक्ष के रह्यो भने विक्रमले तमिलनाडु बक्स अफिसमा बाहुबली २ लाई ४० करोडको फराकिलो मार्जिनले पछि छाड्दै अहिलेसम्मकै धेरै कमाउने फिल्मको रेकर्ड राख्यो ।

तमिलनाडुमा मात्र विक्रमलाई एक करोड दर्शकले हेरेको बताइएको छ । यसअघि सन् २०१० मा एथिरान फिल्मलाई धेरै दर्शकले हेरेका थिए । यो फिल्मले विश्वभर ४३२.५० करोड भारु कमाउँदा ओभरसिजबाट मात्र १२४.९० करोड भारु कमाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved