एसिया कप क्रिकेट : रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई हरायो

यूएईको दुबईमा आइतबार राति भएको रोमान्चक खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको हो ।

नेपालभ्युज

एसिया कप क्रिकेट : रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई हरायो

काठमाडौं ।  एसियाकप क्रिकेटमा भारतले पाकिस्तानलाई हराएको छ । यूएईको दुबईमा आइतबार राति भएको रोमान्चक खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको हो ।

पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५/३५ रन बनाए ।  यस्तै हार्दिक पाण्डयले नट आउट ३३ रन बनाए । सूर्यकुमार यादव १८ रनमा आउट हुँदा कप्तान रोहित शर्माले १२ रन बनाए । केएल राहुलले खाता खोल्न सकेनन्।

जितको लागि अन्तिम ओभरमा ७ रन चाहिएकोमा पहिलो बलमै रवीन्द्र जडेजा आउट भएपछि  भारत दवावमा थियो । तर हार्दिक पाण्ड्याले छक्का प्रहार गर्दै टिमलाई जिताए ।

बलिङ् तर्फ पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । इफ्तिखर अहमेदले २८ रन जोड्दा कप्तान बाबर आजम १० रनमा आउट भए । फखर जमान र शादब खान समान १० रन बनाएर आउट भए । शाहानवाज दाहानीले १६ रन जोडे भने हरिस राउफले अविजित १३ रन बनाए  ।

बलिङ् तर्फ भारतका भुवनेश्वर कुमारले ४, हार्दिक पाण्डयले ३ तथा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved